नियम २८
परिषद्को लेखापरीक्षण
(१) परिषद्ले प्रत्येक आर्थिक वर्षको आयव्ययको लेखा दर्तावाल लेखापरीक्षकबाट गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको लेखा परीक्षक परिषद्ले नियुक्ति गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम लेखापरीक्षण गर्न आउने लेखा परीक्षकले हेर्न चाहेको श्रेस्ता कागजात तथा हिसावकिताव परिषद्का अध्यक्षले उपलब्ध गराउनु पर्नेछ ।
(४) लेखापरीक्षणबाट परिषद्को कुनै पदाधिकारी वा सदस्यले र परिषद्को स्रोत, साधन र कोषको हिनामिना वा दुरूपयोग गरेको पाइएमा परिषद्ले सो रकम निजबाट तुरुन्त असुल उपर गर्नेछ ।
(५) उपनियम (४) बमोजिम रकम असुल उपर हुन नसकेमा प्रचलित कानूनबमोजिम सरकारी बा“कीसरह असूल उपर गर्नेछ र सो प्रयोजनका लागि सम्बन्धित निकायलाई परिषद्ले अनुरोध गर्नेछ ।
(६) लेखापरीक्षण प्रतिवेदन परिषद्को बैठकमा पेश गरी सोको एक प्रति विभागमा पठाउनु पर्नेछ ।